कविता फाङलाङ फुङलुङ्ग होस् 'पज्जल' जस्तै नै बच्चालाई खेल्न छाडिएको । मैले त्यही चाहेँ ।
Friday, February 3, 2012
चिन्ता उडान
शिरमा राख्दा तनाव बढ्ने
काँधमा बोके भार थपिने
छातीमा लिउ विस्मय दिन्छ
पेटमा राखुँ अस्वस्थ बनाउँछ
खुट्टामा त झन् कसरी?
मेरो यात्रा नै रोकिने डर ।
एउटा सादा पन्नामा उसको नाम लेखेँ
र त्यसलाई कागजको हवाइजहाज बनाएर
निकै अग्लाइबाट उडाएँ
इच्छा गरेँ
कामना गरेँ
कि त्यो पानीमा पग्लीजाओस
हावामा हराइजाओस
माटोमा मेटीइजाओस ।
तर किन छाड्थ्यो त्यसले
त्यो माटोको, पानीको र हावाको त म पनि हुँ ।
मिसीन आइपुग्दो हो कता कता गरेर
उडाइ फ्याँकेर के उड्दो हो मेरो चिन्ता
हजारौ कागजका जहाजहरुमा
स्वयम्
म यस्ता लाखौं चिन्ताहरुको जहाज जो हुँ ।
Labels:
Amit Rijal
| Reactions: |
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment